नेकपा जनवादीसँग एकतापछि छमछमी नाचे माधव नेपालसहितका नेताहरु (भिडिओ) – Nepal Press

नेकपा जनवादीसँग एकतापछि छमछमी नाचे माधव नेपालसहितका नेताहरु (भिडिओ)

काठमाडौं । चार महिना अगाडि मात्रै निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टीमा ‘नेकपा जनवादी नामको पार्टी पार्टी एकीकृत भएको छ ।

आज आयोजना भएको एकीकरण घोषणा समारोहमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकै खुशी देखिए ।

एकता घोषणा कार्यक्रममा भाषण मात्रै नभएर कलाकारहरुले विभिन्न प्रस्तुति पनि दिएका थिए । यसक्रममा माधव नेपालसहितका नेताहरु स्टेजमा छमछमी नाचे ।

पार्टीनिकट कलाकारले ‘आयो समाजवादी…’ बोलको गीत प्रस्तुत गरिरहँदा नेताहरुले आफ्नो ‘नृत्यकला’ प्रस्तुत गरेका थिए ।

श्रम मन्त्रीसमेत रहेका नेकपा एसका नेता किसान श्रेष्ठ अध्यक्ष नेपाललाई नाच्न सिकाइरहेको देखियो । मन्त्री श्रेष्ठ आफैंमा राम्रो दोहोरी गायक हुन् ।


प्रतिक्रिया

One thought on “नेकपा जनवादीसँग एकतापछि छमछमी नाचे माधव नेपालसहितका नेताहरु (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर