प्रचण्डको राजनीतिक प्रतिवेदनमा केपी ओलीमाथि लगाइएको आरोप पत्र पनि सामेल – Nepal Press

प्रचण्डको राजनीतिक प्रतिवेदनमा केपी ओलीमाथि लगाइएको आरोप पत्र पनि सामेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा नेकपामा तत्कालीन अध्यक्ष केपी शर्मा ओलीमािथ लगाएको आरोप पत्र समेत समावेश गरेका छन् ।

प्रतिवेदनको परिशिष्टमा प्रचण्डले नेकपाको तत्कालीन सचिवालय बैठकमा पेस गरेको १९ पृष्ठ लामो आरोप पत्र समेत समावेश गरेका हुन् ।

त्यसका अलवा ५ सचिवालय सदस्यले ओलीलाई लेखेको चिठी, त्यसको जवाफमा ओलीले लेखेको चिठी र ओलीलाई दल तथा संसदीय दलबाट कारवाही गरिएको पत्र समेत प्रतिवेदनमा समावेश गरिएको छ।

ओलीमाथि प्रचण्डले गम्भीर आरोपसहितको १९ पृष्ठ आरोपत्र सार्वजनिक गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।

‘ओली प्रवृत्तिविरुद्ध संघर्षको शुरुवात कसरी भयो र त्यो कसरी निकर्षमा पुग्यो भन्नेबारे तथ्य विरणहरु यसै प्रतिवेदनमा परिशिष्टमा क्रमवद्ध रुपले राखिएको छ,’ प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘ऐतिहासिक रुपले तीनको प्रत्येक पार्टी दस्यले गहन अध्यन गरि जनसमुदयालाई स्पष्ट पार्न आवश्यक छ ।’

प्रचण्डले ओली प्रवृत्ति भन्दै त्यसविरुद्ध संघर्ष जारी राखेर वृहत वाम एकता आवश्यक रहेको समेत प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्दै आज पनि वृहत वाम एकता आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टी एकतका पक्षमा रहिरहने छ । विभिन्न माओवादी समूह, माधव कुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीसँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर