बाँकी रहेका १६ जिल्लामा कांग्रेसले २७ गते निर्वाचन गर्ने


काठमाडौं । नेपाली कांग्रेसले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका जिल्लाहरुमा पुस २७ गते निर्वाचन गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेसको १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेको भएपनि अझै १६ जिल्लामा निर्वाचन हुन सकेको छैन् ।
सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा पर्सा र सिन्धुलीमा जिल्ला कार्यसमितिको निर्वाचन हुन सकेको छैन् ।
यस्तै मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँकी, कैलाी, अछाम र नवलपुर लगायत १६ जिल्लामा जिल्ला कार्यसमिति निर्वाचन हुा बाँकी रहेको छ ।
ती जिल्लाहरुमा पुस २७ गते निर्वाचन हुने कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजाले बताए ।