रुपन्देहीको एक सरकारी विद्यालयमा चोरी – Nepal Press

रुपन्देहीको एक सरकारी विद्यालयमा चोरी

रुपन्देही । रुपन्देहीको सैनामैनास्थित एक सरकारी विद्यालयमा तोडफोड तथा चोरी भएको छ । सैनामैना- ३ स्थित जनज्योति आधारभूत विद्यालयमा ५५ हजार नगद चोरी भएको छ ।

शुक्रबार दिउँसो ४ बजे विद्यालय बन्द गरेपछि आइतबार बिहान १० बजे शिक्षक पुग्दा चोरीको घटना सार्वजनिक भएको हो । प्रशासनिक कार्यालयको दराजमा राखिएको पैसा चोरी हुनुका साथै ल्यापटप समेत फुटाइएको प्राधानाध्यापक बुद्धप्रसाद गौतमले जानकारी दिए ।

इलाका प्रहरी, कार्यालय रन्यौराका प्रहरी निरीक्षक जिवन लामिछानेले चोरी गर्नेको खोजी भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *