बागमतीमा प्रदेश मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग – Nepal Press

बागमतीमा प्रदेश मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग

काठमाडौं । बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, अनमी, आयुर्वेद, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो ।

आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो । २ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर