करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु – Nepal Press

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ आमफाँटा शिविरका अन्दाजी ४१ बर्षीय शुखराम डगौराको मृत्यु भएको हो ।

विद्युतीय मोटरबाट गहुँ सिंचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर