युवा परिषदमा उपाध्यक्षको माग, कसले दिन पाउँछन् आवेदन ?

२०७८ पुष १० गते १३:००

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै मन्त्रालयले इच्छुक व्यक्तिबाट सात दिनभित्र आवेदन माग गरेको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा युवाका क्षेत्रमा सात वर्ष काम गरेको अनुभव हुनुपर्ने मापदण्ड तोकेको छ । २८ देखि ४५ वर्ष उमेर ननाघेका र कम्तिमा स्नातक तह उतीर्ण गरेका युवाले दरखास्त दिन सकिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर