‘माओवादीको नयाँ मोडल-आन्तरिक मूल्यांकन ५० र चुनावबाट ५० प्रतिशत जोडेर बिजेता छान्ने’ – Nepal Press

‘माओवादीको नयाँ मोडल-आन्तरिक मूल्यांकन ५० र चुनावबाट ५० प्रतिशत जोडेर बिजेता छान्ने’

हरिबोल भन्छन् – प्रचण्डले छाड्छु भने पनि बसिदिनै पर्यो भन्ने अवस्था छ, प्रचण्डपथ छाड्नु ब्लण्डर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रथम राष्ट्रिय सम्मेलनको सम्मुखमा छ । आगामी पुस ११–१३ सम्म हुने सम्मेलनमा आफ्नैबारे गम्भीर आत्मसमीक्षा हुने नेताहरुले बताइरहेका छन् ।

बहुपदीय प्रणालीमा जाने भनेकाले सम्मेलनले नेतृत्व चयन त गर्नुपर्ने छ नै, त्यो भन्दा बढी विचारमा केन्द्रित हुने नेताहरुको दावी छ ।

यसबीचमा माओवादीबाट धेरै नेता कार्यकर्ता किन पलायन भए ? ठूलो पार्टीबाट माओवादी किन सानो पार्टी भयो  ? शान्तिपूर्ण राजनीतिमा आएयता माओवादीमा किन थुप्रै विचलन देखिए  ? आफ्नो अस्तित्व रक्षाका लागि माओवादी कस्तो विचारधारा अबलम्बन गर्छ  ?  यी र यस्ता धेरै प्रश्न अहिले माओवादीतर्फ सोझिएका छन् ।

सम्मेलन केन्द्रित रहेर यस्तै प्रश्नको जिज्ञासा मेटाउन कोसिस गरेका छन्, माओवादी स्थायी समिति सदस्य हरिबोल गजुरेलले । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी नेपाल टकमा :

तपाईंहरुको राष्ट्रिय सम्मेलन सम्मुखमै छ । अरुले महाधिवेशन गरिरहेका बेला माओवादीले किन राष्ट्रिय सम्मेलन रोज्यो ?

महाधिवेशनका लागि पहिले दस्तावेज तयार हुन्छ । त्यसपछि त्यसलाई तलसम्म बहसमा लगिन्छ । छलफल हुँदै, प्रतिनिधि छनोट भएर त्यो महाधिवेशनसम्म पुग्छ ।

महाधिवेशनको प्रक्रिया चाहिँ अलि लामो हुन्छ । त्यसमा धेरै समय लाग्छ । यो वैचारिक, राजनीतिक विषयमा अलि बढी केन्द्रित हुन्छ। त्यो समयको चापले गर्दा हामीले राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गर्‍यौं ।

माओवादीका लागि यो अन्तिम अवसर हो, अर्को अवसर आउँदैन । किनभने प्रतिगमन विरोधी आन्दोलनमा विजय हासिल गरेर, माओवादीको पहल कदमीमा सरकार निर्माण भएको छ ।

यसले संगठनबारे काम गर्छ कि राजनीतिक कार्यदिशबारे काम गर्छ ? या दुवै काम गर्छ तर अधुरो ?

राजनीतिक प्रश्नहरु जे उठिरहेका छन्, त्यसको पनि बहस गर्छ । विचारको विकासमा के कति गर्न सकिन्छ, यसले योगदान गर्छ । र, संगठनको क्षेत्रमा पनि संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउन कस्ता नीति, विधि चाहिन्छ भन्नेबारे पनि छलफल गर्छ । र, त्यस अनुसारको संरचना तयार गर्छ ।

सम्मेलनका लागि तीन दिनको समय छुट्याउनु भएको छ । तपाईंले भने जस्तै कुरा गर्न त्यो पर्याप्त हुन्छ ?

तीन दिन भनिएको छ, तर पाँच दिनसम्म पनि जान सक्छ । यो महधिवेशन होइन, राष्ट्रिय सम्मेलन हो त्यसलै तीन दिनमै सक्नुपर्छ भन्ने पनि छ । तर, हामीले हल चाहिँ ५ दिनका लागि लिएका छौं ।

तपाईंहरुले एमाले र कांग्रेसले महाधिवेशनका नाममा भिड मात्रै जम्मा गरे हामी फरक हुन्छौं भन्नु भएको छ । त्यो फरक हुने भनेको के मा हो ?

माओवादीका लागि यो अन्तिम अवसर हो, अर्को अवसर आउँदैन । किनभने प्रतिगमन विरोधी आन्दोलनमा विजय हासिल गरेर, माओवादीको पहल कदमीमा सरकार निर्माण भएको छ । र, प्रतिगमन विरोधी आन्दोलन अझैं टुंगिएको छैन् । यो संविधानका उपलब्धीलाई संस्थागत हुन नदिन, यसलाई फेरि पछाडि फर्काउन जो षडयन्त्र भइरहेको छ, त्यो हिसाबले पनि यो महत्वपूर्ण छ ।

आमागी दिनमा हामीले कस्तो विचार, नीति, योजना लिन्छौं भन्नेले माओवादीको भविष्य निर्धारण गर्छ । त्यसकारण राष्ट्रिय सम्मेलन कोशेढुंगा हुनुपर्छ भन्ने हाम्रो सोचाइ छ ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नुहुन्छ भनिएको छ । उहाँ लामो समयदेखि त्यो लेखनमा पनि लाग्नु भएको भनिएको छ । केही नयाँ आउँछ भन्ने अपेक्षा गर्नु भएको छ ?

अहिले त्यो स्तरको विचारको विकास त हुँदैन । किनभने त्यसका लागि अहिले हामीसँग समय पनि छैन् । राष्ट्रिय, अन्र्तराष्ट्रिय बहसबाट मात्रै त्यो सम्भव हुन्छ । महाधिवेशनमा गएपछि हामी त्यो गर्छौं । अहिले चाहिँ विचारलाई अलिकति सोझ्याउने, नीति विधि तयार गर्ने र नयाँ संविधानको कार्यक्रम कार्यन्वयन गर्ने क्रममा कमिकमजोरी भए भन्ने बारेमा छलफल गर्छौं ।

कांग्रेस, एमालेको जस्तो खालको आन्तरिक चुनाव छ, त्यही ढंगले जाँदा त उनीहरु र हाम्रोबीचमा अन्तर नै रहेन । हाम्रो आफ्नै विशिष्ट तरिका हुनुपर्छ । कम्युनिष्टहरुको परम्परागत तरिकाबाट पनि हुँदैन । र एमाले–कांग्रेसको तरिकाले पनि हुँदैन ।

तपाईंहरुले महाधिवेशनपछि गर्ने भनिरहनु भएको छ । लगत्तै स्थानीय र आम चुनाव आउँदै छ । पूर्णरुपमा संगठित र विचारमा प्रष्ट नभई चुनावको सामना कसरी गर्नुहोला ?

विचारमा हामी सम्मेलनबाटै सापेक्षित रुपमा स्पष्टता गर्छौं । र, अहिले छलफल, बहस पनि भइरहेको छ । नीति, विधि पनि हामीले सोझ्याउने काम गर्छौं । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुलाई पनि संश्लेषण गर्नुपर्छ । त्यसका लागि पर्यप्त समय चाहिन्छ ।

संगठनकै कुरा गर्दा माओवादीले अरु पार्टीले जस्तो विधि अपनाउन पनि सकेको छैन् । नयाँ पनि केही विकास गर्न सकेको छैन् । तपाईंहरु अलमलमा जस्तो हुनुहुन्छ नि ?

होइन, हामी अलमलमा होइन । हामी नयाँ विधिको खोजी गर्दैछौं । त्यसका निम्ति छलफल पनि भइरहेको छ । कांग्रेस, एमालेको जस्तो खालको आन्तरिक चुनाव छ, त्यही ढंगले जाँदा त उनीहरु र हाम्रोबीचमा अन्तर नै रहेन । हाम्रो आफ्नै विशिष्ट तरिका हुनुपर्छ । कम्युनिष्टहरुको परम्परागत तरिकाबाट पनि हुँदैन अब । र, एमाले–कांग्रेसको तरिकाले पनि हुँदैन ।

मुल्यांकनको ५० प्रतिशत अंक र चुनावको ५० प्रतिशत मत जोडर परिणाम घोषणा गर्नुपर्छ भन्नेमा हाम्रो छलफल भइरहेको छ । अहिलेको विधानमा पनि केही परेको छ । त्यसलाई विस्तृतमा टुंग्याउन बाँकी छ ।

हाम्रो सहकार्य मुख्य र प्रतिष्पर्धा सहायक हुन्छ । तर, कांग्रेसको प्रतिष्पर्धा मुख्य, सहकार्य सहायक हुन्छ । हामीले निर्वाचन प्रणालीलाई यस्तो बनाउनुपर्‍यो कि, जहाँ सहकार्य मुख्य होस् र प्रतिष्पर्धा सहायक होस् ।

हामी त्यही दिशातिर जाने गरि मुल्यांकन समिति निर्माण गर्ने, अंक प्रणालीमा लैजाने र ५० प्रतिशत प्रत्यक्ष मतदानमा लैजानेबारे बहस भइरहेको छ । मुल्यांकनको ५० प्रतिशत अंक र चुनावको ५० प्रतिशत मत जोडर परिणाम घोषणा गर्नुपर्छ भन्नेमा हाम्रो छलफल भइरहेको छ । अहिलेको विधानमा पनि केही परेको छ । त्यसलाई विस्तृतमा टुंग्याउन बाँकी छ ।

तर, अन्तरिम विधानमा त त्यस्तो प्रष्ट केही छैन् ?

अहिले पनि छ । त्यसमा कति प्रतिशत मुल्यांकन र कति प्रतिशत प्रत्यक्ष निर्वाचनबाट भन्ने छैन् ।

कार्यकर्ताले मात्रै भोटहाल्ने भयो भने इमान्दारहरु पाखा लाग्ने पनि हुन्छ । तर, मतदान भएन, मुल्यांकन मात्रै भयो भने पनि पहलकदमी लिने मान्छेहरु छुट्छन् । यस्तो गर्दा सापेक्षिक रुपमा ठिक मान्छेहरु आउँछन् ।

मुल्यांकन कसले गर्छ ? त्यसमा पनि त आफ्ना मान्छे तान्ने, आफ्नालाई बढी दिने होला नि ?

मुल्यांकन समिति चाहिँ हरेक तहको समितिबाट निर्माण हुन्छ । बैठकबाटै निर्माण हुन्छ । त्यसबाट आआफ्नो तहका समितिका मानिसहरुको मुल्यांकन गर्ने काम हुन्छ । त्यसो गर्दा समिति पनि सबैको छलफलबाट बन्ने र मुल्यांकन पनि समितिले पनि मुल्यांकन समितिमै पेस गर्छ । नेतालाई जिम्मा लगाउँदैन । ककसको के के मा कति कति नम्बर आयो, अनुशासनमा कति, सक्रियतामा कति र इमान्दारितामा कति भनेर मुल्यांकन पनि त्यही पेस गरिन्छ । र, त्यही छलफल भएर टुंगिन्छ ।

भनेको निर्वाचन हुँदा उम्मेदवारको मुल्यांकनको अंक र ल्याएको मत जोडेर विजेता घोषणा गरिन्छ ?

एउटा चाहिँ मुल्यांकनको नम्बर हुन्छ ६ महिना, एक वर्षको । ५० प्रतिशत चाहिँ प्रत्यक्ष रुपमा मतदाताले मत हाल्छन् । कार्यकर्ताले मात्रै भोटहाल्ने भयो भने इमान्दारहरु पाखा लाग्ने पनि हुन्छ । तर, मतदान भएन, मुल्यांकन मात्रै भयो भने पनि पहलकदमी लिने मान्छेहरु छुट्छन् । यस्तो गर्दा सापेक्षिक रुपमा ठिक मान्छेहरु आउँछन् ।

यसबारे स्थायी समितिमा पनि छलफल भएको छ ?

छलफल भएको छ । यो त हाम्रो पार्टीमा धेरै पहिलेदेखि नै छलफल हुँदै आएको हो । राष्ट्रिय सम्मेलनमा यसले कस्तो रुप लिन्छ भन्ने चाहिँ बाँकी छ।

तर, अहिले पार्टीका अधिवेशनहरुले चुनावमा जानै पर्छ भन्ने दवाव छ । त्यसले पनि त तपाईंहरुलाई असर पारेकै होला नि ?

अहिलेको यो संक्रमणकालीन अवस्था हो । बाध्यता पनि छ । सहमतिको प्रयास गर्दा पनि नभएपछि अन्ततः निर्वाचनमा जानै प¥यो । अहिलेको परिस्थितिको बाध्यताले पनि हामीले गर्नैपर्‍यो । सकभर सहमति गर्ने, नभए निर्वाचनमा जाने । तर, अब पछिका दिनमा त्यस्तो हुँदैन । निर्वाचन पनि हुन्छ, मुल्यांकन पनि हुन्छ । दुईटै कुरा निरन्तर हुन्छ । हिजो जस्तो सूची पढ्ने, अनि ताली पिट्ने पनि हुुँदैन । अर्को कांग्रेस–एमाले जस्तो पुरै मतदान भएन । ‘मनि, मसल’को चलखेल हुने पनि हाम्रोमा हुँदैन ।

नेता/कार्यकर्ताहरुको मनस्थिति एक खालको छ । तपाईंहरुले त्यसमा बाँधेर कसरी लिनसक्नु हुन्छ ?

बाँधेर लिने कुरा होइन । यो त सबैलाई मान्य हुने कुरा हो । यसमा कसैको पनि विमति छैन् । अहिले विचार भन्दा पनि पद र प्रतिष्ठाको कुरा मुख्य भएको छ । त्यो बारे पनि हामी बहस गर्दै छौं । विचारको विकास हुन नसक्दा हाम्रा चुनौतीहरु आएका हुन् भनेर अध्यक्ष प्रचण्डले पनि भन्नु भएको छ । र, के कारणले विकास हुन सकेन भन्ने कुरामा अब बहस हुन्छ । राष्ट्रिय सम्मेलनमा एकतातिर गइरहेको धारलाई अर्कैतिर मोड्छौं ।

माओवादी, माओवादी जस्तो पनि हुन सकेन र अरु जस्तो पनि हुन सकेन । कहाँ उल्झनमा फस्यो भन्ने छैन ?

खुला परिवेशमा आएपछि हामी वैचारिक भन्दा पनि सुख, पद, प्रतिष्ठातर्फ बढी गयौं । थोरै वैचारिक विचलन आएकै हो। वैचारिक विचलनकै कारण यस्तो भएको हो । हामीले त्यसमा बहस गरेर ‘करेक्सन’ गर्ने बेला पनि हो ।

नेताहरुले आफ्नो निर्मम आत्मसमीक्षा गर्ने, आफ्नो जीवन शैलीमा व्यापक सुधार गर्नुपर्ने होला । नेताहरु त्यसको लागि तयार हुनुहुन्छ त ?

मुल्यांकन समिति बनाइदिएपछि स्वतः त्यसबाट नै धेरै नियन्त्रण हुन्छ । एउटा नेता इमान्दर भएन, सक्रिय भएन र अनुशासित भएन भने उसको नम्बर कति आउला र ? त्यसो भएन भने नम्बर कम आउँछ । त्यसैले यो प्रणालीले स्वतः नियन्त्रण गर्छ ।

महाधिवेशनमा जाँदा हामी वैचारिक नेतृत्व पुरानो नेतृत्वलाई नै दिने र सांगठानिक नेतृत्व नयाँलाई दिनेमा जान्छौं । त्यसले नै समस्या हल हुन्छ । त्यो ठिक दिशा हुन्छ ।

यो कुरा केन्द्रीय नेतृत्व चयनमा पनि लागू हुन्छ ?

लागू त केन्द्रीय तहबाट नै गर्नुपर्छ । अहिले समितिहरु ठूला–ठूला छन् । जहाँ जनवादी केन्द्रीयताको अभ्यास नै हुन पाउँदैन । समूहगत छलफल गर्नुपर्छ । हरेक व्यक्तिले व्यक्तिगतरुपमा बोल्ने समय नै पाउँदैन ।

एकातिर हामीले राष्ट्रिय सम्मेलनबाट समिति घटाउने गरि छलफल गरिरहेका छौं । केन्द्रीय समिति ९९ मा ल्याउनुपर्छ भन्ने पनि छ । १ सय ५० बनाउनुपर्छ भन्ने गरि पनि छलफल छ । अहिलेको २ सय हाराहारीको पनि ठिकै छ भन्ने पनि छ । विधानमा त तीन सय छ । चुनबाङ बैठकबाट सयको हाराहारीमा रहेको समितिलाई हामीले ३५ मा झा¥यौं । सबै खुसी भएर फर्किनु भएको थियो । राष्ट्रिय सम्मेलनमा पनि हामी त्यो दिशातिर प्रयत्न गर्छौं ।

यसपाली बहुपदाधिकारीमा जाने भन्ने पनि छ । पदाधिकारी संख्या चाहिँ कति होला ?

नौं त स्वतः हुने भइहाल्यो । तर, समस्याको हल पद बढाएर हुँदैन । जति बढयो उति असन्तुष्टि बढ्ने रहेछ ।

प्रचण्ड निरन्तर अध्यक्षमा रहेकोमा टिकाटिप्पणी हुन्छ । तपाईंहरु प्रचण्डको विकल्प खोज्ने समय भयो भन्नेमा हुनुहुन्छ कि के छ ?

२१ औं शताब्दीको जनवाद दुम्ला बैठकबाट पारित भयो । त्यसमा हामीले वैचारिक र सांगठनिक नेतृत्व भनेका छौं । अहिले त नहोला, तर महाधिवेशनमा जाँदा हामी वैचारिक नेतृत्व पुरानो नेतृत्वलाई नै दिने र सांगठानिक नेतृत्व नयाँलाई दिनेमा जान्छौं । त्यसले नै समस्या हल हुन्छ । त्यो ठिक दिशा हुन्छ ।

रुसमा स्टालिन जीवनप्रयन्त बस्नुभयो । त्यसले पनि राम्रो गरेन । चीनमा माओ बस्नुभयो । त्यसले पनि राम्रो गरेन । किनभने विचारको विकासमा बाधा पर्‍यो । त्यसो हुँदा हामीले महाविशेनमा जाँदा वैचारिक नेतृत्वको एउटा तह र संगठनमा नयाँ पिढीलाई जिम्मा दिनेगरि लैजान्छौं ।

विचारको विकास नहुँदा उत्तराधिकारी पनि विकास भएन । टिम किास भएन । व्यक्तिलाई टिका लगाएर उत्तराधिकारी घोषणा गरेर हुनेवाला पनि छैन् । प्रचण्डले अहिले म छोड्छु भन्दा पनि तपाईं बसिदिनै पर्‍यो भन्ने अवस्था छ ।

भनेको अध्यक्षमा प्रचण्डको निरन्तरता भए पनि पदाधिकारीमा नयाँ आउने सम्भावना छ ?

अहिले धेरै नयाँ आउँदैन । निर्वाचन भइदियो भने कस्तो हुन्छ, त्यो त भन्न सकिदैन । अहिले प्रचण्डको विकल्प पनि तुरुन्तै छैन् । मुख्य कुरा हामीले विचारको विकास गर्न नसक्दा उत्तराधिकारीको विकास भएन । जस्तो अहिले प्रचण्डपछिको नेता हे¥यो मान्छे देख्दैन । सबै केन्द्रिकृत हुने मान्छेले ठाउँ नै देख्दैन । प्रचण्डमा हुँदा ल ठिकै छ नि त भन्ने हुन्छ । अर्को हुँदा यहाँ ठूलो बहस र विवाद हुन्छ ।

यो स्थिति भनेको राम्रो होइन । विचारको विकास भइदिएको भए नेतृत्व गर्ने टिम नै विकास हुन्थ्यो । त्यसपछि एक सय एक मान्छेहरु अगाडि आउँथे । त्यसमध्ये अलि अगाडि बढेकालाई नेतृत्व हस्तान्तरण गर्दा ठिकै हुन्थ्यो । तर, विचारको विकास नहुँदा उत्तराधिकारी पनि विकास भएन । टिम किास भएन । व्यक्तिलाई टिका लगाएर उत्तराधिकारी घोषणा गरेर हुनेवाला पनि छैन् । प्रचण्डले अहिले म छोड्छु भन्दा पनि तपाईं बसिदिनै पर्‍यो भन्ने अवस्था छ ।

तपाईं पनि माओवादीको पुरानो नेता हो । तपाईंको पनि दावी होला नि पदाधिकारीमा ?

अहिले म विचार, राजनीति कस्तो आउँछ भनेर हेरिरहेको छु । त्यसपछि मेरो आफ्नो पोजिसन बन्छ । मेरो भूमिका प्रभावकारी हुने भयो, त्यही अनुसार विचार, राजनीति आयो भने एउटा भूमिकामा जाने कुरा आयो । विचारका आधारमा भूमिका खोज्नुपर्छ । त्यतिकै म अध्यक्ष, हुन्छु, म महासचिव हुन्छु भनेर हुँदैन । त्यस्तो भयो भने त उही बुर्जुवा पार्टी जस्तो भइहाल्यो नि ।

विचारको कुरा गर्दा प्रचण्डले के ल्याउनुहुन्छ भनेर मुख ताकिरहनु भएको छ । तपाईंहरुको सक्रिय सहभागिता त देखिदैन त्यसमा ?

हामीले आफ्ना कुरा राखिरहेका छौं । म त प्रचण्डसँग तीन/चार वर्षदेखि नै बहस र छलफलमा छु । पछिल्लो समय घनिभूत नभएको हो, पहिले त घनिभूत छलफल हुन्थ्यो । स्थायी समिति बैठकमा पनि हामीले सुझाव दिएका छौं । अरु साथीहरुले पनि सुझाव दिएका छन् । त्यही आधारमा प्रचण्डले दस्तावेज तयार पार्नुभयो भन्ने हामीलाई लागेको छ ।

प्रचण्डपथ ब्युँताउने कुरा पनि उठेको छ । त्यो अहिले कत्तिको सान्दर्भिक छ ?

प्रचण्डपथ ब्युँताउने कुरा होइन, स्थगन गरेर गल्ती भएको हो । नाम बदल्न सकिन्छ, तर त्यो विचारलाई स्थगन गर्नुहुँदैन्थ्यो । त्यत्रो त्याग, बलिदान र सहिदको रगतले बनाएको विचार हो । त्यो ठूलो ब्लण्डर थियो । त्यहीँबाट माओवादीमा वैचारिक बहस हराउँदै गयो । पद, प्रतिष्ठा र सुख सयलका कुरा मुख्य हुँदै गए । जनतालाई चित्त नबुझेको कुरा पनि त्यही हो । विचारको स्थगन गरेर हामीले ठूलो ब्लण्डर गरेका छौं । बरु त्यसमा विमति हुन्छ भने नाम के राख्ने छलफल गर्न सकिन्छ ।

उसो भए राष्ट्रिय सम्मेलनमा पनि यो विषयमा छलफल हुन्छ ?

गर्नै पर्छ नि । कि त प्रचण्डपथ गलत थियो, त्यसकारण छोडियो भन्नुपर्‍यो । जे संश्लेषण गरिएको थियो, त्यो गलत थियो भन्नु पर्‍यो । त्यो ठिक थियो भन्ने हो भने त हामीले त्यो आधारमा त टेक्नै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर