गुगललाई उछिन्दै टीकटक बन्यो विश्वमा सबैभन्दा बढी हेरिने अनलाइन – Nepal Press

गुगललाई उछिन्दै टीकटक बन्यो विश्वमा सबैभन्दा बढी हेरिने अनलाइन

काठमाडौं । गुगललाई उछिन्दै टीकटक विश्वमा सबैभन्दा बढी प्रयोग गरिने अनलाइन बनेको छ । सूचनाप्रविधि सुरक्षासम्बन्धी कम्पनी क्लाउ फ्लेअरका अनुसार उक्त भाइरल भिडिओ एपले अमेकिी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको छ । गुगललाई जितेर टिकटक अब सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बन्न पुगेको छ।

इन्टरनेटका वेबसाइटको नयाँ वरियता सूचीमा फेब्रुअरी, मार्च र जुन महिनामा नै टीकटकले गुगललाई शीर्ष स्थानबाट हटाएको थियो । अगस्ट महिनायता टीकटक पहिलो स्थानमा रहँदै आएको छ । गतवर्ष गुगल पहिलो स्थानमा र टीकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइटहरू प्रथम दश स्थानमा थिए।

क्लाउडफ्लेअरका अनुसार वेबसाइटमा जाने ‘ट्राफिक’ को निगरानी गर्ने उसको उपकरण क्लाउडफ्लेअर रेडारको प्रयोग गरेर डेटाहरू अनुगमन गर्ने गरिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर