सेन्ट्रल जोन भलिबल : नेपालको लगातार दोस्रो जित, माल्दिभ्स ३-० को सेटमा पराजित


काठमाडौं । एभीसी सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
बंगलादेशमा जारि प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले पहिलो माल्दिभ्सलाई २५–११, २५–९ र २५–५ ले हराएको हो ।
पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ३–२ को पुनरागमन जित निकालेको थियो ।
यो जितसँगै नेपालको फाइनल यात्रा केहि सहज बनेको छ । राउन्ड रोबिनका आधारमा हुने यो प्रतियोगितामा शीर्ष दुई टोलीले डिसेम्बर २९ मा फाइनल खेल्ने छन् । नेपालले दुई खेलबाट ५ अंक जोडेको छ ।
तेस्रो खेलमा नेपालले घरेलु टोलीसँग डिसेम्बर २५ मा प्रतिस्पर्धा गर्नेछ ।
महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ ।