ओलीलाई कंस, रावण र हिटलरसँग तुलना गर्दै माधव नेपालले भने – वाक्क भएर विद्रोह गर्‍यौं (भिडिओ) – Nepal Press

ओलीलाई कंस, रावण र हिटलरसँग तुलना गर्दै माधव नेपालले भने – वाक्क भएर विद्रोह गर्‍यौं (भिडिओ)

सल्यान । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब इतिहासको विषय भइसकेको भन्दै सूर्य चिन्हमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन् ।

सल्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा अब कोही पनि बस्न नसक्ने दाबी गरे । नेपालले एमाले अध्यक्ष केपी ओलीलाई कंस,रावण र हिटलरसँग तुलना गर्दै आफूहरू वाक्क भएर विद्रोह गरेको बताए ।

नेपालले भने, ‘सूर्यमा ग्रहण लागिसक्यो । अब कलम लिएर आएका छौं, अबको चुनावमा सूर्यमा होइन कलममा भोट हाल्नुपर्छ । एमाले त अब समाप्त भइसक्यो ।’

ओलीप्रति चरम घृणा प्रकट गर्दै नेपालले देशकै खराब नागरिकको संज्ञा दिए । अब एमालेलाई कसैले पनि भोट नदिने भन्दै सबै जनता नेकपा एसको पक्षमा उभिएको दाबी नेपालले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर