करारका प्राध्यापक स्वत: स्थायी गर्ने त्रिविको निर्णयविरुद्ध सर्वोच्चमा रिट – Nepal Press

करारका प्राध्यापक स्वत: स्थायी गर्ने त्रिविको निर्णयविरुद्ध सर्वोच्चमा रिट

१२ गते पेसी तोकियो

काठमाडौं । करारमा कार्यरत जनशक्तिलाई स्वतः स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

त्रिभुवन विश्वविद्यालय सभाको बैठकले १० वर्षदेखि करारमा कार्यरत रहेका ४८० कर्मचारी तथा अध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने निर्णय लिएको गरेको थियो ।

सो निर्णयले खुल्ला प्रतिस्पर्धामार्फत उपप्राध्यापक पदमा सेवा गर्न इच्छुक योग्य उम्मेदवारहरूको अधिकारलाई कुण्ठित गरेको भन्दै निर्णय बदर गर्न माग गरिएको छ ।

कीर्तिपुरका रमेश विष्ट र मनिता खत्रीले रिट दर्ता गराएका हुन् । त्रिवि सभा, त्रिवि कार्यकारी परिषद्, त्रिवि सेवा आयोग र त्रिवि प्राज्ञिक सभालाई रिटमा विपक्षी बनाइएको छ । रिटको सुनुवाइका लागि यही पुस १२ गते पेसी तोकिएको छ ।

त्रिविको सो निर्णयप्रति यसअघि पाँच पूर्वउपकुलपतिले आपत्ति जनाएका थिए ।

नेकपा एमाले र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले पनि त्रिविको यो कदमप्रति विरोध जनाएका थिए ।


प्रतिक्रिया

One thought on “करारका प्राध्यापक स्वत: स्थायी गर्ने त्रिविको निर्णयविरुद्ध सर्वोच्चमा रिट

  1. स्वतः स्थायीको भ्रामक प्रचार प्रसार प्रति मेरो घोर आपत्ति छ।

Leave a Reply to Chandra Shekhar Gupta Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर