एमसीसीको कारणले गठबन्धन टुट्दैन : माओवादी अध्यक्ष दाहाल (भिडिओ) – Nepal Press

एमसीसीको कारणले गठबन्धन टुट्दैन : माओवादी अध्यक्ष दाहाल (भिडिओ)

‘मैले लडाइँ जितेको हो, तर अदृष्य शक्तिले हराए’

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना एमसीसीका कारण पाँच दलीय गठबन्धनमा विभाजन नआउने विश्वास व्यक्त गरेका छन् । संसोधनबिना एमसीसी जस्ताको तस्तै पारित नहुने अडान उनले दोहोर्‍याए ।

न्यूज एजेन्सी नेपाल (नान) लाई दिएको अन्तरवार्तामा प्रचण्डले एमसीसीका विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘एमसीसीको कारणले गठबन्धन टुट्दैन । टुट्न पनि दिइँदैन । प्रधानमन्त्रीले पनि यो विषयलाई बुझ्नु भएको छ । अनावश्यक रूपले प्रेसर आउँछन् भन्ने मलाई लाग्दैन ।’

उनले मुलुकमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने अवस्था नरहेको स्पष्ट पारे ।

यो पनि पढ्नुहोस् : राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विशेष वार्ता

‘आजकै देशको परिस्थितिमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा हामी छैनौ,’ उनले भने ‘हामी स्वीकार गर्दै आइरहेका छौँ । लिँदै आइरहेका छौँ ।’

प्रचण्डले थपे, ‘जहाँ त्रुटी भएका छन्, जुन-जुन प्रावधानले हामीलाई अफ्ठेरो पर्ने जस्तो छ, त्यो सच्चाउनु पर्‍यो । आवश्यक पर्दा संशोधन गर्नुपर्‍यो । राष्ट्रिय रूपमा समझदारी गरेर यसलाई अगाडी बढाउन सकिन्छ ।’

एमसीसीमा केही विषय गम्भीररूपमा उठेको भन्दै दाहालले पहिलो सम्झौतामा सांसदबाट पारित नगर्ने सर्त रहेकोमा अहिले संसदमा लैजानु पर्ने विषयले शंका उब्जाएको बताए ।

‘चुनवाङ बैठकमा मेरो प्रस्ताव पारित नभएको भए तीन महिने युद्धविराम हुने थिएन,’ उनले भने, ‘एकलौटी गरेको छु मैले युद्धविराम । त्यो युद्धविराम नभएको भए १२ बुँदे समझदारी हुने थिएन । त्यो १२ बुँदे समझदारी नभएको भए जनआन्दोलन हुने थिएन ।’

‘पहिलो यो सांसदबाट पारित गराउने पर्ने सम्झौता भएको थिएन, कहाँ ल्याइयो त्यो कुरा त्यहीँबाट विवाद सुरु भयो’ उनले भने, ‘त्यसपछि अमेरिकाको विश्वव्यापी रणनीतिको अङ्ग हो भन्ने कुरा पनि आयो ।’

फरक प्रसंगमा दाहालले एमाले-माओवादी एकताको विषयमा आफूले सही निर्णय गरेको बताए ।

‘पार्टी एकता गर्ने प्रस्ताव मैले नै गरेको हो । मलाई त्यसमा कुनै पश्चाताप छैन । मैले गरेको सही नै भन्ने मलाई लाग्छ’ उनले भने, ‘देशमा राजनैतिक स्थायित्व हुन्छ । कम्युनिष्ट आन्दोलन पनि पूरा हुन्छ जनताको आर्थिक विकासको सपना पनि पूरा हुने उद्देश्यले पार्टी एकता गर्दा के गलत भयो र ?’

अहिले पनि आफू कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा र राजनैतिक स्थायित्वमा पक्षमा रहेको बताए । सरकार चलाउने बेलामा दुई अध्यक्षले पालोपालो प्रधानमन्त्री रहने भनी सहमति भएकोमा अर्का अध्यक्ष केपी ओलीबाटै धोका भएको उनको आरोप थियो ।
पहिलोपटक ओलीलाई समर्थन गर्दा पनि आफूले धोका पाएको दाहालले सम्झिए ।

उनले पहिलोपटक प्रधानमन्त्री हुँदा बजेट प्रस्तुत भएपछि आफूलाई जिम्मा दिने सहमति कार्यान्वयन नगरेको आरोप लगाए ।

‘पहिले नै थाहा थियो धोका दिने मान्छे रहेछन् भने । तर यसपटक लिखित थियो’ उनले भने, ‘सबै च्यातच्युत गरेर पार्टी भित्रको बहसलाई देखेर ओलीले संसद् भंग गर्न पुगे ।’

आफूले लडाइँ जितेको दाबी गर्दै उनले भने, ‘म लडेको मात्र होइन, जितेको पनि हुँ । तर हराए । मलाई अदृश्य शक्तिले हराए ।’
दाहालले आफूले एकलौटी रूपमा युद्धविराम गरेकोसमेत दाबी गरेका थिए ।

‘चुनवाङ बैठकमा मेरो प्रस्ताव पारित नभएको भए तीन महिने युद्धविराम हुने थिएन,’ उनले भने, ‘एकलौटी गरेको छु मैले युद्धविराम । त्यो युद्धविराम नभएको भए १२ बुँदे समझदारी हुने थिएन । त्यो १२ बुँदे समझदारी नभएको भए जनआन्दोलन हुने थिएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर