अरुण तेस्रो प्रभावित स्थानीय लगानी बोर्डसँग असन्तुष्ट – Nepal Press

अरुण तेस्रो प्रभावित स्थानीय लगानी बोर्डसँग असन्तुष्ट

काठमाडौं । अरुण तेस्रो जलविद्युत परियोजना आसपासमा रहेका स्थानीयबासीहरुले मुआब्जा नपाएको भन्दै लगानी बोर्डसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

विहीबार लगानी बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै पीडित नागरिकहरुले तत्काल मुआआब्जा व्यवस्थापनमा चासो दिन माग गरेका हुन् ।

अरुण तेस्रो जलविद्युत परियोजना प्रवेश मार्गका लागि सडक आसपासबाट १५÷१५ मिटर मात्र सडक निर्माण हुने जनाएर मुआब्जा वितरण गरेपनि हाल ३०÷३० मिटरमा सडक निर्माण गरेर मुआब्जा नदिएको भन्दै आन्दोलनरत छन् ।

परियोजना निर्माणका क्रममा सडक र भौतिक संरचना निर्माण गर्दा भएको क्षतिको उचित मुल्याङकन हुनु पर्ने भन्दै स्थानीय पीडितहरुले प्रधानमन्त्री देउवासँग असन्तुष्टि जनाएका हुन् ।

आयोजना निर्माण स्थल चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पा सहितको टोलीले प्रधानमन्त्री देउवालाई यो विषयलाई गम्भिर भएर सम्बोधन गरिदिन माग गरेका छन् ।

सडक निर्माणका क्रममा मिचेका जग्गाहरु उचित मुल्याङकन नगरेको र यस विषयमा क्षतिपुर्तीको सुनुवाई नगरेको शेर्पाको भनाई छ ।

मुआव्जा समस्या समधानका लागि पटक पटक ध्याकर्षण गराएपनि सुनुवाई नहुनु र बोर्डका सह–सचिव आयोजना स्थलमा पुगेर कुनै छलफल नगरी सुटुक्क फर्किनु आपत्ति जनक विषय भएको अध्यक्ष शेर्पाको भनाई छ ।

आन्दोलनरत स्थानीयको समस्या समधान गर्ने भन्दै चार वर्ष प्रतिवद्धता जनाई सकेको थियो ।

जग्गाको लगत कट्टा गर्दा समेत स्थानीयलाई कुनै जानकारी नदिएको र मुआव्जा विवाद समधान गर्न प्रमुख जिल्ला अधिकारीको संयोजनमा अध्ययन गरी बोर्डलाई प्रतिवेदन बुझाई सकेको छ । तर समस्या समधान हुन नसकेको उनीहरुको आरोप छ ।

करिव पाँच सय बढी स्थानीय पीडित परिवार आन्दोलित रहेकाले यसबाट पुग्ने क्षतिबारे स्थानीय सरकार कुनै जिम्मेवारी नलिने समेत अध्यक्ष शेर्पाले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर