पारिश्रमिक नपाएको भन्दै फेसबुकमा हिरोको गुनासो : स्वस्तिमा र लक्ष्मीले गरे यस्तो कटाक्ष ! – Nepal Press

पारिश्रमिक नपाएको भन्दै फेसबुकमा हिरोको गुनासो : स्वस्तिमा र लक्ष्मीले गरे यस्तो कटाक्ष !

काठमाडौं । आगामी पुस १५ गते रिलिज हुने फिल्म ‘चपली हाइट ३’ विभिन्न कारणले चर्चामा छ । नायिका स्वस्तिमा खड्का र निर्माता अर्जुन कुमारबीचको सम्बन्धमा देखिएको चिसोपनले फिल्मको पब्लिसिटी पनि प्रभावित बनेको छ ।

फिल्म रिलिज हुनै लाग्दा पनि पब्लिसिटीमा स्वस्तिमाको सक्रिय सहभागिता छैन । अभिनेता महेश त्रिपाठी र निर्देशक निकेश खड्कालाई लिएर निर्माता कुमार दौडधुप गरिरहेका छन् ।

यसैबीच, फिल्मका कलाकारले पारिश्रमिक नपाएको कुरा अहिले बाहिरिएको छ । फिल्मको पहिलो सिक्वेलदेखि नै संलग्न अभिनेता आमिर गौतमले पारिश्रमिक नपाएको कुरा सामाजिक संजालमै लेखेर असन्तुष्टि पोखेका छन् । अभिनेत्री लक्ष्मी बर्देवाले पनि त्यसमा टिप्पणी गर्दै आफूले पनि पारिश्रमिक नपाएकोतर्फ संकेत गरेकी छिन् ।

गौतम लेख्छन्, ‘३ दिन जाडोमा भिजेर सुटिङ सक्काएको फिल्मको पैसा त आउँदैन भने अरुको के हालत होला ।’ यो स्टेटसमा अभिनेत्री बर्देवाको टिप्पणी छ, ‘लक्की चार्मको त यो हालत छ झन् हाम्रो के होला ?’

अभिनेत्री स्वस्तिमा खड्काको टिप्पणी छ, ‘लक्की चार्म आमिर गौतम भिजेपछि चार्म हराएजस्तो छ ।’ स्वस्तिमाले घुमाउरो ढंगले आमिर र निर्मातालाई व्यंग्य गरेकी छिन् । फिल्ममा स्वस्तिमाको मुख्य भूमिका छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर