विवेकशील त्याग्दै रन्जुले भनिन्- मेरो पार्टीले वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर बढायो – Nepal Press

विवेकशील त्याग्दै रन्जुले भनिन्- मेरो पार्टीले वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर बढायो

काठमाडौं । विवेकशील साझा पार्टीको नेता तथा काठमाडौं महानगरपालिको मेयरको उम्मेदवार बनेर तेस्रो भएपछि चर्चामा आएकी युवा रन्जु दर्शनाले सो पार्टी परित्याग गरेकी छन् ।

उनले विहीबार प्रेस विज्ञप्तिमार्फत अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिकरूपमा सक्रिय रहने भन्दै आफ्नो नामको सँगै नेपाली युवा राखेकी छन् ।

राजनीतिमा सके सफा गर्ने, नसके फोहोर नगर्ने भनेर प्रवेश गरेकी दर्शनाले आफू संलग्न पार्टीले नै वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेपछि परित्याग गरेको बताएकी छन् ।

उनले विज्ञप्तिमा भनेकी छन्, ‘फोहोर सफा गर्ने जुन मैले कोसिस पनि गरेँ तर पूर्णरूपले सफा गर्न असमर्थ रहेँ । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन । म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु ।’


प्रतिक्रिया

One thought on “विवेकशील त्याग्दै रन्जुले भनिन्- मेरो पार्टीले वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर बढायो

  1. पादर माकुनेकी चेली हो। पादरको आदेश पालन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर