ओली भेट्न चिनियाँ राजदूत यान्छी बालकोटमा : चीनले दियो बधाई सन्देश

२०७८ पुष ८ गते ११:३८

फाइल तस्विर
काठमाडौं । नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले बधाइ दिएकी छिन् । भेटवार्तामा राजदूत यान्छीले बधाई सन्देश दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेकी छिन् ।
साथै, द्विपक्षीय हितका बारेमा समेत कुराकानी भएको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले जानकारी दिए । गत सोमबार ओलीलाई भेट्न राजदूत यान्छी ओली निवास भक्तपुरको बालकोट पुगेकी थिइन् ।
भारत र अमेरिकाले समेत महाधिवेशनको बेलामै बधाइ सन्देश दिइसकेका छन् । मंसिर दोस्रो साता चितवनमा भएको महाधिवेशनबाट ओली अध्यक्षमा पुनःनिर्वाचित भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर