एमाले काठमाडौंको अधिवेशनमा चितवनको झल्को दिन कृष्णगोपाल श्रेष्ठको निर्देशन – Nepal Press

एमाले काठमाडौंको अधिवेशनमा चितवनको झल्को दिन कृष्णगोपाल श्रेष्ठको निर्देशन

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वागमती सह-इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गतेको छैठौं जिल्ला अधिवेशन भव्य बनाउन निर्देशन दिएका छन् ।

काठमाडौं क्षेत्र प्रदेश-९ ख कमिटीको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले जिल्ला अधिवेशनलाई पार्टीको १० औं महाअधिवेशनको झल्को दिने गरी कार्यकर्ता उतार्नुपर्नेमा जोड दिए ।

‘१०औं महाअधिवेशनमा जसरी जनलहर उत्रियो सोही जनलहर काठमाडौंमा उत्रनुपर्छ’, पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले भने, ‘यो बैठकले जिल्ला अधिवेशनको तयारी सुरू गरेको छ । अब सबैजनाले आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्छ ।’

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्माले अधिवेशनको उद्घाटन गर्ने उनले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य सांसद विना श्रेष्ठ र काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले समसामयिक राजनीतिमा बोलेका थिए ।

सो अवसरमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा. अजयक्रान्ति शाक्य , विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *