बी-जी कराते च्याम्पियनसिपमा जाने खेलाडी टोलीको बिदाई


काठमाडौं । बंगलादेशमा आयोजना हुने बी-जी कराते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई बिदाई गरिएको छ । एक कार्यक्रमबीच खेलाडी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले बिदाई गरे ।
बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली प्रस्थान गर्दैछन् ।
प्रशिक्षकमा श्याम रोका, खेलाडीहरूमा राजदेव बमजन (६५ केजी), धेजेन डोल्मा तामाङ (४५ केजी), ग्याल्मो सोमिका लामा (३५ केजी), युरोदिश रोका (६० केजी), पासाङ्ग तामाङ्ग (७० केजी), रविन्द्र कुँवर (खुल्ला) तथा उमेश भण्डारी (५५ केजी) रहेका छन् ।
मुजिबको सयौं जन्मोत्सवको उपलक्षमा आयोजना गरिएको च्याम्पियनसिप २७ देखि २९ डिसेम्बर सम्म हुनेछ ।