एमाले जनसंगठनका अधिवेशन तोकिएको मितिमै सक्ने समन्वय संयन्त्रको निर्णय – Nepal Press

एमाले जनसंगठनका अधिवेशन तोकिएको मितिमै सक्ने समन्वय संयन्त्रको निर्णय

काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठक बुधबार बसेको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको उपस्थितिमा बैठक बसेको हो ।

एमालेले १० औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण गरेको थियो । बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय अनुसार फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय अधिवेशन/सम्मेलन आयोजना गर्नका लागि आ-आफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको छ ।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले फागुन मसान्तभित्र सबै जनसंगठनलाई अधिवेशन गर्न निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर