बाँदरझुलाका सुकुम्बासी र भूमि आयोगबीच तीन बुँदे सहमति


काठमाडौं । चितवनका आन्दोलनरत सुकुम्बासी र भूमि आयोगबीच तीनबुँदे सम्झौता भएको छ ।
बाँदरझुलाका सुकुम्बासीको समस्या समाधानका लागि दिर्घकालिन रुपमा लालपुर्जा वितरण गर्ने, आवश्यक ऐन कानून निर्माणका लागि पहल गर्ने सहमित भएको छ ।
तत्कालिन रुपमा समस्या समाधानका लागि आपूर्ति गर्ने, कृषि औजारको प्रयोग गरी समस्या समाधानमा विषयमा पनि आयोगले सहमति गरेको छ ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि सुकुम्बासीको प्रतिनिधिमण्डलले भेट गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारणमन्त्री शशि श्रेष्ठ, माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, अनेकिसङघ (क्रान्तिकारी) का अध्यक्ष तथा संविधानसभा सदस्य चित्र बहादुर श्रेष्ठ र भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काको उपस्थिति रहेकोे थियो ।
प्रचण्डले सुकुम्बासीहरुका समस्या तत्कालिन रुपमा समाधान गर्न सहजीकरणका लागि मन्त्री र आयोगलाई आवश्यक सुझाव तथा निर्देशन समेत दिए ।
प्रचण्डको निर्देशन अनुसार नै आयोगले सुकुम्बासी प्रतिनिधिहरुसँग सहमति गरेको हो ।