चापागाउँमा टेको लगाइएको पुल भाँच्चियो, टिपर चालकको मृत्यु

२०७८ पुष ६ गते १०:५४

काठमाडौं । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो ।
पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए । टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियो ।
घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिगएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर