इन्भर्टर सर्ट भएर इन्द्रेणीमा आगलागी, हेर्नुस् भित्रका (तस्बिर\भिडिओ) – Nepal Press

इन्भर्टर सर्ट भएर इन्द्रेणीमा आगलागी, हेर्नुस् भित्रका (तस्बिर\भिडिओ)

काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा इन्भर्टर सर्ट भएर आगलागी भएको खुलेको छ । दिउँसो सुरु भएको आगलागी अहिले नियन्त्रणमा आइसकेको छ ।

प्रहरीका अनुसार इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा रहेको इन्भर्टर सर्ट भएको थियो । आगलागीले जीमसेन्टर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । क्षतिको विवरण भने आइसकेको छैन ।

घटनास्थलमा नेपाली सेनाको एउटा, काठमाडौं महानगरपालिकाको दुईवटा, ललितपुर महानगरपालिकाको एउटा र भक्तपुरको एउटा दमकल परिचालित थिए ।

हेर्नुस्, आगलागी भएको इन्द्रेणी कम्प्लेक्सभित्रका दृष्यहरुः

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर