फेसबुक बन्यो यसवर्षकै सबैभन्दा खराब कम्पनी – Nepal Press

फेसबुक बन्यो यसवर्षकै सबैभन्दा खराब कम्पनी

काठमाडौं । फेसबुकले दुई महिना अघिमात्रै आफ्नो मुख्य कम्पनी ‘फेसबुक इंक’ को नाम परिवर्तन गरी ‘मेटा’ राख्यो । ठूलो सामाजिक संजाल कम्पनीले नाम बदलेपछि यसको विश्वव्यापी चर्चा पनि भयो ।

तर, कम्पनीको नाम परिवर्तन गरेको एक दुई महिना नबित्दै भएको एक अध्ययनमा फेसबुक–मेटा यो वर्षको सबैभन्दा खराब कम्पनी भएको देखिएको छ । याहु फाइनान्सले बजार र कम्पनीका अन्य उपलब्धिका आधारमा हरेक वर्ष ‘कम्पनी अफ दि एयर’ र ‘वर्स्ट कम्पनी अफ दि एयर’ घोषणा गर्दै आएको छ ।

याहुले प्रयोगकर्तामाझ ‘पोल’ मार्फत समेत सर्वेक्षण गरेको थियो । सर्वेक्षणअनुसार फेसबुक यो वर्षको ‘वर्स्ट कम्पनी अफ दि एयर’ मा पर्न सफल भएको हो । उक्त अध्ययनमा रोबिनउडको, निकोला लगायतका धेरै कम्पनी सहभागी भएका थिए । भने, सर्वेक्षणमा १५ सय ४१ जनाको सहभागिता थियो ।

त्यसमा फेसबुक जम्मा ८ प्रतिशत भोट प्राप्त गर्दै अध्ययनका अन्त्यमा रहेको जनाइएको छ । सर्वेक्षणमा सहभागी मध्ये धेरैले फेसबुक बालबालिका तथा युवाहरुका लागि घातक बन्दै गएको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *