बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी – Nepal Press

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडौं । नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।

प्रहरीका अनुसार कम्प्लेक्सको माथिल्लो तलमा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।

आलो नियन्त्रणमा लिन काठमाडौंका दुई, भक्तपुरबाट एक र ललितपुरबाट एक दमकल आएका छन् ।

आगलागीको कारण भने खुलेको छैन् । अहिलेसम्म क्षतिको विवरण पनि प्राप्त भएको छैन। वानेश्वर–माइतीघर सडकखण्डमा रमिता हेर्ने मानिसहरुको भिडले आवागमन प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *