ट्रकको ठक्करबाट ट्यूसन हिँडेका बालकको मृत्यु, विद्यार्थी र आफन्तद्वारा प्रदर्शन – Nepal Press

ट्रकको ठक्करबाट ट्यूसन हिँडेका बालकको मृत्यु, विद्यार्थी र आफन्तद्वारा प्रदर्शन

सर्लाही । लालबन्दीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

सोमबार पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दीपेन्द्र यादवको मृत्यु भएको हो । ट्यूसन पढ्न हिँडेका यादवलाई ना. ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो ।

उनी लालबन्दी नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए । बालकको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।

घटनालगत्तै स्थानीय र विद्यार्थीको समूहले टायर बालेर अवरूद्ध गरेका छन् । प्रदर्शनकारीलाई सम्झाइ-बुझाइ गरेर सडक खुलाइएको प्रहरीले बतायो ।

घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *