बाँदरझुलाका सुकुम्बासी काठमाडौंमा, भन्छन – लालपुर्जा नपाएसम्म ‘नो-भोट’ – Nepal Press

बाँदरझुलाका सुकुम्बासी काठमाडौंमा, भन्छन – लालपुर्जा नपाएसम्म ‘नो-भोट’

काठमाडौं । चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन । आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन ।

बाँदरझुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेकाले न्याय माग्न काठमाडौं आउनुपरेको बताइन् ।

उनले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नु पर्ने बाध्यता रहेको उल्लेख गर्दै नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक–पटक आग्रह गरेपनि सम्बोधन नभएको बताइन् ।

अब अन्तिम लडाइ लड्नकै लागि काठमाडौं आएको उनले बताइन् । सुकुम्बासी जनताको अधिकार माथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिको लागि निरन्तर आन्दोलन जारी राख्ने आचार्यको भनाई छ ।

‘सुकुम्बासी समुदाय बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सिमाङकन गर’, ‘हाम्रो भूमिको लालपुर्जा दे’, ‘हामीहरु घर खोजि रहेका छौं’, तिमिहरु बस्ती जलाउँछौं लेखेका प्लेकार्डसहित आन्दोलन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *