गठबन्धन बैठक सुरू नहुँदै बालुवाटारबाट बाहिरिए माधव – Nepal Press

गठबन्धन बैठक सुरू नहुँदै बालुवाटारबाट बाहिरिए माधव

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बोलाइएको बोलाइएको सत्तारूढ गठबन्धनको बैठक अझै सुरू हुन सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा ज्यापु दिवसको कार्यक्रममा गएकाले बैठक बस्न ढिला भएको बताइएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू प्रधानमन्त्रीलाई कुरेर बसेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने बालुवाटार पुगेर पनि बाहिरिएका छन् ।

आजै ४ बजे सर्वदलीय बैठक बोलइएको छ। एमसीसीलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

त्यसअघि साझा धारणा बनाउन गठबन्धन बैठक बोलाइएको हो  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर