करिब २० केजी गाँजासहित धनुषाबाट भारतीय नागरिक पक्राउ – Nepal Press

करिब २० केजी गाँजासहित धनुषाबाट भारतीय नागरिक पक्राउ

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ स्थित ढल्केबरबाट प्रहरीले गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायत ४ का २२ वर्षीय विजयकुमार महतो रहेका छन् ।

प्रहरीका अनुसार शनिबार शनिबार साँझ महतोसहित पाँचजनाले बीआर ३२ के ९१२७ नम्बरको स्कार्पियोमा गाँजा बोकेर बर्दिबासबाट ढल्केबरतर्फ गइरहेका थिए । प्रहरी टोली पुग्दा उनीहरू गाँजा सडकमा फालेर भाग्न खोजेपछि स्कार्पियो दुर्घटना भएको छ ।

‘बसिखोलाको पुलको रेलिङ्गमा उक्त स्करपियो ठोकिन गई दुर्घटना भएपछि पाँचैजना फरार भएका थिए’, ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले भने, ‘खोजतलास गर्ने क्रममा पुलदेखि करिब ५ सय मिटर दक्षिण उखुघारीमा लुकेको अवस्थामा महतो पक्राउ परेका छन् ।’ फरार अन्यको भने खोजी जारी रहेको उनको भनाइ छ ।

उनीहरूले फ्याँकेको चारवटा सेतो प्लाष्टिकको बोरामा १९ किलो ५०० ग्राम दुर्घटनामा परेको भारतीय नम्बरप्लेटको गाडीसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर