नागरिकता नहुनेलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने उपेन्द्र यादवको माग – Nepal Press

नागरिकता नहुनेलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने उपेन्द्र यादवको माग

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आसन्न निर्वाचनका लागि मतदाता नामावली संकलन भइरहेकोमा उमेर पुगेका तर नागरिकता नभएकाहरुलाई पनि समावेश गरिनुपर्ने माग राखेका छन् ।

निर्वाचन प्रक्रियामा भाग लिन पाउने प्रत्येक नागरिकको नैसर्गिक अधिकार भए पनि निर्वाचन आयोगले नागरिकता हुनेलाई मात्र मतदाता नामावलीमा समावेश गरेकोमा अध्यक्ष यादवले आपत्ती जनाएका हुन् । उनले सामाजिक संजालमार्फत सबै नेपाली नागरिकहरूको नाम मतदाता नामवलीमा सामेल गराउन माग समेत गरेका छन् ।

‘नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुबै फरक विषय हुन्,’ अध्यक्ष यादवको तर्क छ, ‘नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि ब्यक्ति गैरनागरिक हुनसक्दैन ।’ लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले नागरिकता प्रमाणपत्र नदिएको उनले उल्लेख गरेका छन् ।

‘एकातिर नागरिकता प्रमाणपत्र नदिने र अर्कोतिर मतदान गर्न पाउने अधिकार तथा निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक, अन्तर्राष्ट्रिय कानून विपरीत र मानवताविरोधी कार्य हो,’ अध्यक्ष यादवले भनेका छन्, ‘निरंकुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन ।’

‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यले पूरा नगर्ने र त्यसको सजाय जनताले भोग्नुपर्ने यो कस्तो न्याय हो ?,’ प्रश्न गर्दै अध्यक्ष यादवले यसबारे निर्वाचन आयोग र सरकारले गम्भीरताका साथ लिनुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “नागरिकता नहुनेलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने उपेन्द्र यादवको माग

  1. सिधै हजुरका भारतीय बापहरूलाई पनि मतदाता बनाउनुपर्छ भने भै गो नि किन कुरा धुमाएर लेख्नु होला ?
    फेरी आफ्नै सरकार भएको बेला आत्याधेशबाट ल्याए हुन्न र ? परमाधेशको सरकार छदैछ।

  2. विदेशीकाे दलाली गर्ने दलालहरू । नेपाली नागरिकलाई सहज ढंगले नागरिकता दिनुपर्याे भनेर माग गर्नु पर्नेमा विना नागरिकता दिंदा के हुनसक्छ थाहा छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर