देउवा-प्रचण्डबीच भेट, सर्वदलीय बैठक बोलाउन छलफल – Nepal Press

देउवा-प्रचण्डबीच भेट, सर्वदलीय बैठक बोलाउन छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

आज बिहानको भेटमा प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापति देउवामार्फत बधाई तथा शुभकामना प्रदान गरेका प्रचण्डको निजी सचिवालयले जनाएको छ।

सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि दुई नेताबीच छलफल भएको छ । ‘भेटघाटको क्रममा सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो,’ सचिवालयले भनेको छ ।

प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर