एमाले केन्द्रीय कार्यालय च्यासलमा, तीन महिनाभित्र सारिने – Nepal Press

एमाले केन्द्रीय कार्यालय च्यासलमा, तीन महिनाभित्र सारिने

काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति भवन, च्यासलबाट सञ्चालन हुने भएको छ। हालै बसेको दुई दिने केन्द्रीय कमिटी बैठकले त्यसका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग ५ वर्षको गरेको छ।

हाल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन हुँदै आएको छ। बल्खुस्थित निर्माणधीन पार्टी कार्यालय संचालनमा आउने बेलासम्मका लागि च्यासल रोजिएको हो। तुल्सीलाल भवनको मर्मत गरी ३ महिनाभित्र सबै कार्यालय सारिने बताइएको छ ।

कार्यालयलाई आधुनिक सूचना प्रविधिमैत्री तुल्याउन केन्द्रीय कार्यालयमा ७ सदस्यीय सूचना प्रविधि प्राविधिक (आइटी) टिमको व्यवस्था समेत गरिएको छ।

उक्त टिममा अस्गर अलि, शालिग्राम पराजुली, सुरज अधिकारी, फर्सुराम खनाल, तेजप्रसाद धमला, श्यामसुन्दर भट्टराई र सुजन महर्जन रहेका छन्।

यो टिमले पार्टीको आफ्नै सूचना प्रणाली व्यवस्थापन कार्य (एमआइएस) खडा गरी सदस्यता, लेखा र सूचना प्रवाहकोकाममा प्राविधिक सहयोग गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर