नेपाल मिडिया अवार्डसँग जाेडियाे ‘ब्लु चिप’ – Nepal Press

नेपाल मिडिया अवार्डसँग जाेडियाे ‘ब्लु चिप’

काठमाडौं । ड्रिम हाइ नेपालले आयोजेना गर्न लागेको ‘नेपाल मिडिया अवार्ड’मा दुबईको कम्पनी ‘ब्लु चिप इन्भेस्टमेन्ट कम्पनी’ जोडिएको छ । कार्यक्रमका लागि लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेड मुख्य प्रायोजक रहेकोमा ‘ब्लु चिप इन्भेस्टमेन्ट कम्पनी’ सहप्रायोजक भएर आबद्ध भएको हो ।

दुबईमा ट्रेडिङ बिजनेस लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लु चिप इन्भेस्टमेन्ट कम्पनी’ ले बलिउड तथा साउथ इण्डियन फिल्ममा समेत लगानी गरिसकेको छ ।

ब्लु चिपका सिइओ रविन्दरनाथ सोनीले नेपालमा हुने अवार्ड कार्यक्रममा आफूहरू जोडिन पाउँदा खुसी व्यक्त गरे ।

‘नेपाल मिडिया अवार्ड’ को कार्यक्रम निर्मात्रीको रूपमा पुनम यादव रहेकी छिन् । उनले यसअघि केही हिन्दी गीत निर्माण गरिसकेकी छन् भने चाँडै नेपाली र बलिउड फिल्म निर्माण गर्ने तयारीमा समेत छिन् ।

यादवले नेपालको अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने आफूहरूको योजना रहेको बताइन् ।

नेपाल पत्रकार महासंघको सहयकार्यमा आयोजना हुने ‘नेपाल मिडिया अवार्ड’ मा टेलिभिजन, छापामाध्यम, एफएम रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत संचारमाध्यम र सञ्चारकर्मीको पछिल्लो एक वर्ष यताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान गर्न लागेको आयोजक संस्थाका प्रमुख जिसीले बताए ।

यो अवार्डसँग होटल एसोसिएट स्पोन्सरको रुपमा ‘डबल ट्रि बाई हिल्टन’ पनि जोडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर