सहसचिवमा बढुवाका लागि २६ उपसचिव सिफारिस (सूचीसहित) – Nepal Press

सहसचिवमा बढुवाका लागि २६ उपसचिव सिफारिस (सूचीसहित)

एक शाखा अधिकृत पनि उपसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । सरकारले जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा २६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । लोक सेवा आयोगका सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवातर्फ १८ जना र ८ जना प्राविधिकतर्फका राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिवबाट २७ जना राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवमा बढुवाका सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिको एक बैठकले नेपाल प्रशासन सेवातर्फ ९० जना उम्मेदवारबाट जेष्ठता तथा कार्यसम्पादन मुल्यांकनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तै प्राविधिकतर्फ कार्यक्षमता तथा जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा नेपाल कृषि सेवाका ३३ जना सम्भावित उम्मेदवार ८ जनालाई उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको बढुवा सिफारिस समितिले जनाएको छ ।

यस्तै बढुवा सिफारिस समितिले प्राविधिक सेवातर्फ ११ जना सम्भावित उम्मेदवारबाटद नेपाल इन्जिनियरिंग सेवामा एक जनालाई राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतबाट राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिवबाट बढुवा गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर