२ मतले हारेपछि गच्छदारद्वारा पुनः मतगणनाका लागि निवेदन – Nepal Press

२ मतले हारेपछि गच्छदारद्वारा पुनः मतगणनाका लागि निवेदन

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका हुन् ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका छन् ।

दुई उपसभापति पदका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का विजयी भइसकेका छन् ।


प्रतिक्रिया

4 thoughts on “२ मतले हारेपछि गच्छदारद्वारा पुनः मतगणनाका लागि निवेदन

  1. हाटहुट पारेर हराईएकाे हाे पुन: गणना गर्दा गच्छदार नै आउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर