फेसबुकमा कमेन्ट अफ गरेर सिंहले दिए देउवालाई बधाई – Nepal Press

फेसबुकमा कमेन्ट अफ गरेर सिंहले दिए देउवालाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाईज्ञापन गरेका छन् । आफ्नोसमेत समर्थनमा देउवा निर्वाचित भएपछि सिंहले फेसबुकमार्फत बधाई दिएका हुन् ।

सिंहले राखेको बधाई पोष्टमा कमेन्ट गर्न नमिल्ने बनाइएको छ । संस्थापनइतर नेता सिंहले देउवालाई समर्थन गर्ने क्रममा अवाञ्छित लेनदेन गरेको भन्दै आलोचना भएको थियो । सम्भवत: नकारात्मक प्रतिक्रियाको सामना गर्नुपर्ने डरले उनले कमेन्ट अफ गरेका हुन् ।

सिंहलाई उपप्रधानमन्त्री बनाउने सम्झौता गरेर देउवाले उनको समर्थन हासिल गरेको समाचार सञ्चारमाध्यममा आएका थिए ।


प्रतिक्रिया

One thought on “फेसबुकमा कमेन्ट अफ गरेर सिंहले दिए देउवालाई बधाई

  1. बिचरा नेपाली जनतालाई भेडा भन्ने सर्वमान्य नेता गणेशमान सिंह यति बेला आफ्ना पुत्रलाई के भन्दै हुनुहुन्छ होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर