देउवालाई बधाई दिँदै गगनले भने- रुपान्तरणका मुद्दामा सहकार्य हुनेछ – Nepal Press

देउवालाई बधाई दिँदै गगनले भने- रुपान्तरणका मुद्दामा सहकार्य हुनेछ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी रुपान्तरणका मुद्दामा नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग सहकार्य हुने बताएका छन् ।

१४ औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएकोमा देउवालाई बधाई दिँदै थापाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरूआत गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

सभापतिमा पराजित डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेका थापाले आम कार्यकर्तामा रहेको एकताको अपेक्षालाई आत्मसात गर्नसमेत सभापति देउवालाई आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर