कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित, ल्याए २७३३ मत – Nepal Press

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित, ल्याए २७३३ मत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् ।

मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे ।

यस्तै डा. शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको छ । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो ।

दोस्रो चरणको मतदानमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका थिए ।


प्रतिक्रिया

One thought on “कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित, ल्याए २७३३ मत

  1. धर्मिभरू धार्मिक राज्य र दक्षिणपन्थी विचारका पक्षपाति, राजा र राणा सम्झेर मनुवादी अधिनायकवाद स्थापना गर्न चाहने काेइराला बाहुनकाे हार र उदारवादी लाेकतन्त्रवादी समानता र समावेशी नीतिका पक्षपाति देउवा क्षेत्रीले जित्याे । राम्रै भयाे हाेइन र? देउवाकाे जितले नेपालमा लाेकतन्त्रकाे इन्डेक्स ठीकै दिशामा छ भन्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर