कांग्रेस निर्वाचन : गणनास्थलसम्म यसरी पुर्याइयो मतपेटिका (तस्बिरहरु)

२०७८ मंसिर २८ गते २२:२३

काठमाडौं । नेपाली कांग्रेसेको नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ । अहिले मतपेटिकाहरु राष्ट्रिय सभागृहमा राखिएको छ । अबको केही बेरपछि गणना हुने निर्वाचन समितिले जनाउको छ ।
दोस्रो चरणमा भएको मतदानमा ४५६२ मत खसेको छ । पहिलो चरणमा भने ४६८१ मत खसेको थियो ।
पहिलो चरणमा कुनै पनि सभापतिका आकांक्षीले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा पनि कुल मतादतामध्ये ६४ जना अनुपस्थित रहेका थिए ।
दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाको प्रतिस्पर्धा छ । देउवालाई प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर