वागमतीको मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट तीन मन्त्रीको नाम टुंगियो – Nepal Press

वागमतीको मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट तीन मन्त्रीको नाम टुंगियो

काठमाडौ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरुको आजै सपथग्रहण हुँदैछ ।

सत्ताघटक माओवादी केन्द्रले दुई युवा नेतासहित तीनजनालाई मन्त्री सिफारिस गरेको छ। मन्त्रीका लागि दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल छन् ।

खड्का माओवादीको वागमती प्रदेश कमिटीको अध्यक्षका प्रमुख दाबेदार समेत हुन् । पदाधिकारी चयन नहुँदै खड्कालाई मन्त्री बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर