सुजाताको प्रतिक्रिया– दोस्रो चरणमा कसलाई समर्थन गर्ने भन्ने सल्लाह गर्छौं – Nepal Press

सुजाताको प्रतिक्रिया– दोस्रो चरणमा कसलाई समर्थन गर्ने भन्ने सल्लाह गर्छौं

काठमाडौं । दोस्रो चरणको कांग्रेस सभापति निर्वाचनमा निर्णायक बन्ने देखिएका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई फकाउन सभापतिका दुवै दाबेदार शेरबहादुर देउवा र शेखर कोइरालाले दौडधूप शुरु गर्दैछन् ।

देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण बिहानै प्रकाशमान सिंह निवासमा पुगेका थिए । प्रकाशमान सिंह प्यानलकी उपसभापति उम्मेदवार सुजाता कोइरालाले आफूहरुले सल्लाह गरेर दोस्रो चरणमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने बताइन् ।

कोइरालाले प्रकाशमान सिंह, आफू र विश्वप्रकाश शर्माबीच सल्लाह गरेर पार्टीलाई जे गर्दा हित हुन्छ त्यहीअनुसार गर्ने बताएकी छन् । दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर