ब्याटल राउण्डमा सबै असफल– दोस्रो चरणमा देउवा र कोइराला भिड्ने निश्चित


काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।
अब गन्न ११६ मत मात्रै बाँकी छ तर देउवालाई बहुमतका लागि ११८ मत आवश्यक पर्ने भएपछि सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने निश्चित भएको हो ।
पछिल्लो परिणाम अनुसार ४५६३ मतगणना भएकामा देउवाले २१४२, कोइरालाले १७०८, सिंहले ३५५, निधिले २४५ र गुरुङले २० मत प्राप्त गरेका छन् ।
कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, त्यसले सभापतिमा जितको आधार तय गर्नेछ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।