जगत सिम्खडा माओवादीको उपत्यका विशेष प्रदेश अध्यक्ष, सचिवमा सुरेन्द्र बस्नेत – Nepal Press

जगत सिम्खडा माओवादीको उपत्यका विशेष प्रदेश अध्यक्ष, सचिवमा सुरेन्द्र बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ।

शनिबार शुरु भएको प्रथम सम्मेलनबाट जगत सिम्खडाको नेतृत्वमा १४१ सदस्यीय प्रदेश समिति सर्वसम्मतरुपमा चयन भएको हो।

समितिको उपाध्यक्षहरूमा प्रकाशचन्द्र पाण्डे, कृष्ण केसी र संगिता खड्का रहेका छन्।

त्यस्तै सचिवमा सुरेन्द्र बस्नेत चयन हुँदा सहसचिवमा गोगन बहादुर मल्ल ‘युनाईटेड’ र विष्णु थापा चयन भएका छन्। कोषाध्यक्षमा शंकर अधिकारी चयन भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर