एमालेको जनजाति ईन्चार्जमा गोकुल घर्ती

२०७८ मंसिर २६ गते २२:१०

काठमाडौं। नेकपा (एमाले)का नेता गोकुल घर्ती पार्टीको जनजाति फाट इन्चार्ज भएका छन् ।
आइतबार सकिएको एमाले केन्द्रीय कमिटी बैठकले घर्तीलाई पोलिटब्युरो सदस्यमा नियुक्त गर्दै जनजाति फाटको ईन्चार्जको भूमिका समेत दिएको हो।
घर्ती नेपाल सरकारको जनजाती प्रतिष्ठानको उपाध्यक्ष पनि हुन।
रोल्पाका युवा नेता घर्ती विद्यार्थी राजनीतिबाट उदाएका हुन्। उनी अनेरास्ववियुको अध्यक्षमा रामकुमारी झाँक्रीसँग पराजित भएका थिए।
त्यस्तै एमाले रोल्पाको इन्चार्जमा नवीन रोकामगर चयन भएका छन् भने सह इन्चार्जहरुमा कुमार दशौंदी र ईश्वरी जिएम चुनिएका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर