दाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु – Nepal Press

दाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको भएको हो । मृत्यु हुनेको पहिचान खुलेको छैन ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए ।

जीप सडकबाट करिब २ सय मिटर तल खेतमा खसेको छ । जीपमा १३ जना यात्रु रहेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर