एमालेमा कार्यविभाजन : खगराजलाई संगठन, प्रदीप ज्ञवाली स्कुल विभाग प्रमुख (सूचीसहित)


काठमाडौं । नेकपा (एमाले) का कार्यविभाजन भएको छ । केन्द्रीय कमिटीको दोस्रो बैठकले एमाले नेताहरुको कार्यविभाजन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ। त्यस्तै महासचिव शंकर पोखरेले पनि पार्टीको समग्र जिम्मेवारी पाएका छन् ।
महत्वपूर्ण विभाग मानिने संगठन विभाग प्रमुखमा खगराज अधिकारी नियुक्त भएका छन् । त्यस्तै अर्को महत्वपूर्ण विभाग स्कुलमा प्रदीप ज्ञवाली चयन भएका छन् । प्रचार विभाग पृथ्वीसुब्बा गुरुङले पाउँदा योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी पाएका छन्।
केपी ओली : समग्र पार्टी
ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
विष्णु पौडेल : पार्टी संगठन अनुगमन
सुवास नेम्वाङः ससदिय अनुगमन
सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी
महासचिव : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमालः आर्थिक लेखा लगायत
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : योगेश भट्टराई
कार्यालय सचिव : भीष्म अधिकारी
संगठन विभाग : खगराज अधिकारी