दोस्रो चरणमा देउवाविरुद्ध एक हुन्छौ : निधि – Nepal Press

दोस्रो चरणमा देउवाविरुद्ध एक हुन्छौ : निधि

महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुन्छ

काठमाडौं । नेपाली कांग्रेस सभापति पदका प्रत्याशी विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनबाट भएपनि शेरबहादुर देउवालाई पराजित गर्ने बताएका छन् ।

महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा सभापतिको कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने दावी गरे ।

‘पहिलो चरणमा कसैको पनि बहुमत आउँदैन । दोस्रो चरणमा देउवाविरुद्ध सबै एक हुन्छौं’, निधिले भने ।

पार्टीभित्र सर्वसम्मतिका लागि आफूले प्रयास गरेपनि सफल नभएको भन्दै निधिले नेतृत्व परिवर्तनका लागि सबै एकै ठाउँ उभिनुपर्ने बताए ।

उनले महाधिवेशनबाट कांग्रेस नेतृत्व परिवर्तन गर्ने तथा महाधिवेशनपछि सरकारको नेतृत्वसमेत परिवर्तन गर्ने दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर