शेखरसँग भोट माग्दै सुजाताले भनिन्- दा ! सहयोग गर्नुपर्‍यो – Nepal Press

शेखरसँग भोट माग्दै सुजाताले भनिन्- दा ! सहयोग गर्नुपर्‍यो

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिका लागि सभापतिका उम्मेदवार रहेका शेखर कोइरालासँग भोट मागेकी छिन्।

प्रकाशमान सिंहको खेमाबाट उपसभापतिमा उम्मेदवारी दिएकी सुजाताले शेखरको सम्पर्क कार्यालय रहेको अनुपम फुडल्याण्डमा गएर भोट मागेकी हुन् ।

शेखरसँगको कुराकानीबारे उनले भनिन्, ‘शेखर दा सहयोग गर्नुपर्‍यो भने उहाँले हुन्छ, शुभकामना भन्नुभो । व्यस्त भएकाले लामो कुरा भएन ।’

सुजाताले भोट माग्दा अन्य कार्यकर्ताले सभापतिमा शेखरलाई भोट हाल्ने भए भोट दिने प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारको एउटै खेमा हुने अनुमान गरिएको थियो । तर, अन्तिम समयमा आएर सुजाताले समूह परिवर्तन गरेकी छिन् ।

यसअघि कोइराला परिवारको राजनीतिक भेटघाटमा सुजाता सहभागी हुने गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर