जेभियर इन्टरनेशनल कलेजलाई दक्षिण एशियाली उत्कृष्ट अवार्ड, ई-लर्निङमा सर्बोत्कृष्ट


काठमाडौंको जेभियर इन्टरनेसनल कलेज दक्षिण एसियालीस्तरका दुई पुरस्कारबाट सम्मानित भएको छ । कालोपूलमा रहेको जेभियरले लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदानका साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको छ ।
श्रीलंकाको कोलम्बोमा भएको दक्षिण एसियाली पाटर्नसिप समिट एंव विजनेस एक्सिलेन्स अवार्ड समारोहमा जेभियर इन्टरनेशनल कलेजले २ विधामा साउथ एशियन बिजनेस एक्सिलेन्स अवार्ड–२०२१ जितेको हो ।
कलेजका सीईओ लोकबहादुर भण्डारीका अनुसार जेभियरले सर्वश्रेष्ठ ई-लर्निङ अभ्यास पुरस्कार र महामारीको समयमा CSR परिचालनका लागि उत्कृष्टता अवार्ड प्रदान गरेको हो।
डिसेम्बर १० मा श्रीलंकाको ताज समुद्र होटलमा आयोजित कार्यक्रममा श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले सो पुरस्कार प्रदान गरेका हुन् । अवार्ड लिन सीईओ भण्डारी श्रीलंका पुगेका थिए ।
कलेजले यसअघि यही वर्षको मार्च महिनामा पनि वर्ल्ड लिडर समिट अवार्ड जितेको थियो । त्यसबाहेक पनि लामो समयदेखि उसले उत्कृष्टताका अवार्डहरु पाउँदै आएको छ ।