चाइनिज लोडरमा किचिएर बालकको मृत्यु – Nepal Press

चाइनिज लोडरमा किचिएर बालकको मृत्यु

जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको धनगढीमाई नगरपालिका ९ मा लोडरमा किचिएर एक बालकको मृत्यू भएको छ ।

राजमार्ग निर्माणको काम गरिरहेका चाइनिज कम्पनीका लोडरमा किचिएर स्थानीय संजीव मोक्तानका ९‌ वर्षीय छोरा सिदार्थ मोक्तानको मृत्यू भएको हो ।

रोकिएको लोडर अगाडी नहेरेर चालकले कुदाएपछि खेलिरहेका बालक मोक्तान किचिएको र उनको घटनास्थलमै मृत्यू भएको छ ।

घटनापछि नम्बर नलेखिएको चाइनिज लोडरमा स्थानीयले तोडफोड र राजमार्ग समेत अबरूद्ध पारेको थियो । उनीहरुले फरार चालकमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने स्थानीयले माग गरेका थिए ।

घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन कुमार दाहालले चालकलाई कारबाही गर्ने र क्षतिपूर्ती उपलब्ध गराउने सहमती स्थानीयसंग गरेर दिउसो साढे चार बजेदेखि अबरुद्ध राजमार्ग साँझ ६ बजे खुलाएका छन् ।

राजमार्ग अबरूद्ध हुंदा हजारों सवारी साधन अलपत्र परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *